डिबीजन बन कार्यालय डोटी तथा सब डिबीजन बन कार्यालय बुडरको आयोजनामा संचालित तेलेलेख संरक्षण समबन्धिी सरोकार वाला हरु संगको अन्तरक्रिया कार्यक्रम डोटीको जोरायल गाउपालिका बुडरमा एक कार्यक्रमका बिच समपन्न गरएिकोछ
नेपालको एक एैतिहासिक , धार्मीक र प्रर्यटकिय रुपमा प्रशिद्ध रहेको तेलेलेखमा चोरी सिकारी बन अधिक्रमण हुन थालेपछी तेले लेख संरक्षण गर्न सरोकारवालाहरु बिच अन्तर क्रिया गोष्टी गर्न लागेको सब डिबीजन बन कार्यालय बुडरका बन अधिकृत भक्त राज गिरीले सहभागी हरुलाइ जानकारी दिएका हुन ।
कतीपै जिम्मेबार ब्यक्तीबाट बनमा आगो लगाउने,बन अधिक्रमण गर्ने,सिकार गर्ने,जडीबुटी चोरी गर्ने , जथाभाबी गाइ बस्तु चरीचरण गराउने, मनोगत ढ‚ले सडक निमाण गर्ने जस्ता कार्यले भुछय ,बाडी पहिरो,पानीका मुहान सुक्ने, कार्य भैरहेकाले तेलेलेख एक ऐतिहासिक तथा धार्मीक र प्रर्यटपिय क्षेत्र भएकोले यसको संरक्षण गर्नु पर्ने अपरिहार्य भएको सहभागी सरोकार वालाले शुझाब दिएकाछन ।
समापन अन्तरत्रृmया कार्यक्रममा वार्ड अध्यक्ष नन्द राज भट्टले तेले लेख संरक्षण गर्नमा शिखर नगर पालिका डोटी र जोरायल गाउपालिकाको सिमाना रहेकोले जिम्मेबारीका साथ काम गर्न र सिमा बारेमा नगरपालिका र गाउपालिका बिच बसेर समस्या समाधन गर्नु पर्ने कुरामा जोड दिएकाछन । अर्का बक्ताका रुपमा रानीबन समुदायि बन उपभोक्ता समितीका अध्यक्ष भास्कर भट्टले बनको नितीगत र कानुनी रुपमा काम गर्दा कैयो बाधा ब्यबधान आउने समुदायको बुझाइ फरक भएकोले त्यस प्रति पनी सरोकार वाला गाउपालिका बिच बसेर टुङगाउनु पर्ने धारण राखेकाछन
अन्तरक्रृया कार्यक्रम्मा जोरायल गाउपालिका अन्तरगत वार्ड न.ं २का वार्ड अध्यक्ष बिर बहादुर दर्लामी, वार्ड न.ं ३ का वार्ड अध्यक्ष नबिन ओझा वार्ड न.ं ४ का वार्ड अध्यक्ष नन्द राज भट्ट जोरायल गगाउपालिका अन्तरगत रहेका सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष हरुको सहभागीता रहेको थियो ।


