डोटी:
प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आले विजयी भएका छन्। बिहीबार बिहान सम्पन्न मतगणना अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार आले निर्वाचित भएका हुन ।
उनले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका छन्। आलेले २७ हजार २१० मत प्राप्त गरे। एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् ।
