जोरायल गाउपालिका र सिडीएफ नेपालको आर्थीक सहयोग र छतिवन सामुदायिक सिकाई केन्द्र जोरायल गाउपालिका वार्ड न.ं२ डोटीको आयोजनामा संचालित १सय १३ औ अन्तराष्ट्रिय महिला श्रमिक दिबस बिभिन्न कार्यक्रम गरी जोरायल गाउपालिका वार्ड न.ं२ अन्तरगत को कफलकट्टेश्वर आधारभुत बिधालय प्रा‚णमा मनाईयकोछ ।र्र्
लै‚िक समानतको बलियो आधार शिर्जनात्मक प्रबिधिमा महिला पहुंचको बिस्तार’’ भन्ने मुल नाराका साथ छतिवनका महिला हरुले १सय १३ औ अन्तराष्ट्रिय महिला श्रमिक दिबस मनायकाहुन ।
१ सय १३ औ अन्तराष्ट्रिय महिला श्रमिक दिबस जोरायल गाउपालिका अन्तरगतका वार्ड हरुमा पनी बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएकोछ ।
छतिवन सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको कार्यक्रमका प्रमुख अथिती समेत रहेका वार्ड नं २ का वार्ड अध्यक्ष बिर बहादुर दर्लामीले महिलाहरु माथी हुने कुनैपनी हिंसा अन्त्य गर्नका निमित्त महिलाहरुबाटनै अभियानका रुपमा लैजानु पर्ने , घरबाटनै सुरु गर्नुपर्ने , महिलाहरुमा एकता हुनुपर्ने , आर्थीक रुपमा बलियो हुनुपर्ने समाजमा रहेका बिध्यमान समाजिक कुरुतीहरु लाइ निरुत्साही पार्दै लैजान सके मात्र महिला स्वोतन्त्र हुन सक्ने र राज्यले चाहेको समता मुलक समाजको निर्माण हुन सक्ने कुरामाजोड दिदै शुभकामना दिएका थिय ।
शुभकामना दिनेहरुमा कार्यपालिका सदश्य खगीता बिक वार्ड सदश्य मिना बिक, ईलाका प्रहरी कार्यलय बुडरका इन्चार्ज बरिष्ट प्रहरी कर्ण बहादुर रौले राजनितीक पार्टीहरु बाल संरक्षण तथा बाल अधिकार प्रबद्धन परीयोजना कार्यक्रम संयोजक गिरीराज पाठक ,पत्रकार लगायत अन्य रहेका थिय ।
महिला श्रमिक दिबसको अबसरमा महिला आमा समुहहरुले जनचेतना मुलक कार्यक्रम देउडा कार्यक्रम , छाउपडी, बहुबिबाह , बाल बिबाह महिला हिंंसा बारेमा सडक नाटक समेत प्रस्तुत गरेका थिय ।
छतिवन सामुदायिक सिकाई केन्द्र जोरायल डोटीले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधी ,राजनिीक पार्टीका प्रतिािधी प्रहरीे नागरिक समाज , शिक्षक बिधार्थी हरुको सहभागीता रहेको थियो ।
दिबसको अबसरमा आज डोटी जिल्लाका ९ ओटै स्थानिय तहहरुमा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएकोछ ।