जिल्ला खेलकुद समिती डोटीको आयोजनामा संचालित १३ औ राष्ट्रपती रनिङसिल्ड डोटीको जोरायल गाउपालिका वार्ड न.ं २ बुडरमा आज बाट सुरु गरीएकोछ ।
यही फाल्गुन १३ गत्ते देखी १५ गत्ते सम्म संचालन हुने डोटी जिल्लाका ९ स्थानिय तह स्तरिय १३ औ राष्ट्रपती रनिङ सिल्डको उधघाटन गर्दै सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख माननिय देबराज जोशीले खेलाडीहरुलाइ शुभकामना दिदै भने खेल स्वस्थ्यका लागी राष्टकालागी अत्यन्त महत्वपुर्णहो सबै खेलाडीहरुले अनुसाशित ,सभ्य , भब्य र मर्यदित रुपमा सम्पन्न गर्नुहुनेछ म बिस्वोस्त छु, मलाइ प्रमुख अतिथीको लागी निमन्त्रणा गर्नुभएकोमा आयोजक तथा सम्पुर्ण डोटी जिल्लाका स्थानियतह हरुलाइ हार्दीक धन्नेबात दिन चाहान्छु ।
१३ औ राष्ट्रपती रनिङ सिल्डको उधघाटन कार्यक्रमलाइ शुभकामना दिन पुगेका डोटी जिल्ला प्रदेश ख बाट निर्बाचीत कार्यक्रमका बिशिष्ट अथिती माननीय शिब शिं ओलीले पनी खेलाडीहरुलाइ शुभकामना दिएका छन ।
शुभकामना दिनेक्रम्मा ओलीले भने म खेल अत्यन्त मन पराउछु डोटीको जोरायल गाउपालिकामा १३ औ राष्ट्रपती रनिङ सिल्ड सुरु गरीएकोछ मेरोघरपनी यहीहो यसमा म गर्भ गर्छु । डोटी जिल्लाका सबै स्थनिय तहका प्रमुखहरु कार्यक्रममा उपस्थित रहेकाले डोटी जिल्लामा राम्रो खेलमैदान नभएकोले स्थानिय तहका प्रमुख हरुले सहमती गरी आएमा उपयुक्त ठाउ खोजेमा एउटा राम्रो खेलमैदान र कभर्डहल बनाउकालागी आफुले पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । साथै खेलाडीहरु टल्कीने हुनुपर्छ टल्कने भनेको अनुसासनहो अनुसासित भएर खेलखेल्न सबै खेलाडीलाइ शुभकामना दिएका थिय भने प्रोत्सहान गर्न नगद रु ( १००००।) दसहजार सहयोग पनी गरेका छन ।
फाल्गुन १५ गत्ते सम्म संचालन हुने १३ औ राष्ट्रपती रनिङ सिल्डमा १५ खेल खेलीने डोटी खेलकुद समितीका अध्यक्ष्य तथा कार्यक्रमका सभाअध्यक्ष प्रकास साहीले बतायकाछन ।
कार्यक्रमा डोटी जिल्ला समुन्वोय समिती प्रमुख लक्ष्मण बहादुर सिंह दिपायल सिलगढी नगर प्रमुख बिजय खडका , सिखर नगरपालिका प्रमुख दिर्घ बलायर जोरायल गाउपालिका अध्यक्ष दुर्गा दत्त ओझा । पुर्बीचौकी गाउपालिका अध्यक्ष राम प्रसाद उपाध्यय ,फुडसिल गाउपालिका अध्यक्ष कमल ब गडसिला र आदर्स गाउपालिका प्रमुख गणेश खडका जोरायल गाउपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहरा बिभिन्न खेलका कोचहरु रेफ्री खेलाडी र खेल प्रेमीहरुको सहभागीता रहेको छ ।


