आर्थीक बर्षको सुरुहुनै लाग्दा जोरायल गाउपालिका वार्ड न.ं २ को आयोजनामा सन्चालित आर्थीक बर्ष २०८० ÷ ०८१को सार्बजनिक सुनुवाइ तथा समिक्षा कार्यक्रम यही श्राबण ७ गत्ते वार्ड नं २ को वार्ड कायर्मलयमा सम्पन्न भएको छ ।
जोरायल गाउँपालिका वार्ड न.ं २ का वार्ड अध्यक्ष बिर बहादुर दर्लामीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वार्डका जनप्रतिनिधी कार्यपालिका सदश्य बिभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी सरोकारवला निकाय बिभिन्न संघसस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
वार्डले एक बर्षमा गरेका कामहरु आर्थीक , भौतिक शैक्षिक क्षत्रको प्रगती बिबरणका साथै राजस्वो संकलन १२ लाख ३२ हजार भएको र समाजिक सुरक्षा भत्तामा १ करोड ६६लाख ३४ हजार ३ सय ३४ रुपीयाँ बितरण गरीएको प्रतिबेदन मार्फत सचिब बिक्रम महतले पस्तुती गर्नुभएको थियो भने स्वस्थ्य क्षेत्रको छतिवन स्वस्थ्य केन्द्रका प्रमुख गणेश भण्डारीले प्रस्तुत गर्नुभएको थियो ।
सुरक्षाको सवालमा उठेका प्रश्नको जवाफ तथा पछिल्लो समय बुडर क्षेत्रमा अपराधिक गतिबिधीहरु र लागुपदार्थ दुर्बेृशनीका प्रयोग कर्ताहरु बढेका छन भन्ने सवालमा ईलाका प्रहरीकार्यालय बुडरका प्रहरी ईन्चार्ज नरेश चन्दले भने दुर्बेशनी छ , सेबन कर्ताछन अपराधीहरु लुकेरबसेकाछन भन्नेहरुको कमीछैन कोको संलग्न छन नाम ठेगाना दिनुस भन्दा दिनुहुन्न सत्य सुचना दिनुस प्रहरीले रातदिन भन्दैन, जनताको कामगर्न जिउधनको सुरक्षा लगायत प्रहरीको काम कर्तब्यलाइ निष्ठापुर्बक पालनागर्छौ, यो कामकालागी प्रहरी एकलैले मात्र केहीगर्न सक्दै सबैको साथ चाहीन्छ तर सत्य सुचना दिनुस, प्रहरी कामगर्न तयारछ ।
सार्बजनिक सनुवाई कार्यक्रममा सहभागीहरुले भने वार्ड कार्यालयले कृर्षी, स्वस्थ्य ,शिक्षा लगायत बिकासका पुर्बाधारनिर्माणमा बिषेस जोड दिनपुर्ने बारम्बार अनुगमन गर्नुपर्ने पालीकाले गरेका आयोजनाहरु र बिभिन्न संघसंष्था , प्रदेश संघीय सरकार बाट आउने आयोजना बिच हुने डुब्लीकेट लाई बिषेस ध्यान दिनु पर्ने , प्रदेश संघ बाट आउने योजनाहरु आबस्यक्ता पहिचानगरी कार्यान्वोयन गर्नुपर्ने लगायतका सुझाबहरु राखेका थिय ।
वार्ड न.ं २ मा बिधुतीकरण सबैघरमा पुगेको , यातायातको पहुच पुगेको तर सडक स्तरउन्नती गर्नुपर्ने , कृर्षीलाइ प्राथमीक्ता दिएको,स्वस्थ्यमा पहिले भन्दा उल्यखनिय प्रगती भएको बयबृद्धहरुलाइ घरघरमा स्वस्थय चेकजाचको ब्यबस्थ गर्नेगरेको अझै प्रभाबकारी बनाउन प्रयास गरीएको , एम्बुलेन्स सुबिधा रहेको, प्रयटन प्रबद्र्धन गर्न लागीपरेको ,शिक्षमा सुधार गर्न प्रयास गरीएको क्याम्पस संचालन सुरुवात गरीएको, साथै बजेठ बितरण गर्दा सबै गाउठोल समेटनेगरी समानरुपमा बितरण गरीएकोले जनप्रतिनिधी एक्लैले मात्र सबैकाम सम्भब नरहेकोले सरोकारवाला सबैजनाले लागनुपर्ने वार्ड नं २ का वार्ड अध्यक्ष बिर बहादुर दर्लामीले वार्डको समग्र सवालमा उठेका प्रश्नको जबाफ सहभागीहरुलाइ बताएका थिय ।


