नेपाल सरकार कृषी तथा पशुपंछी बिकास मन्त्रालय ग्रामिण उधम तथा आर्थीक बिकास आयोजना आर्थीक करीडोर कार्यालय डडेल्धुरको आयोजनामा संचालित स्थानिय स्तर अन्तरगत उत्पादनमुलक साझेदारीको लागी कम्यूनिकेसन क्याम्पीयन कार्यक्रम एकदिने गोष्टी पिपलचौतारी बुडर डोटीमा सम्पन्न गरीएकोछ ।
किसानहरुले उत्पादन गरेका हरेक बस्तुले मुल्य नपाउने सडेर जाने ,सामग्री ढुवानीगर्न गारो पर्ने , सथानिय स्तरमा उत्पादन गरेका बस्तु भन्दा बाह्रे बिषादी यूक्त बस्तु आयात बढदै गैरहेकोले तिसमस्या हरु लाइ हल गर्नका निमित्त किसान संग बजार, रोड,रोजगारी दिने उधेस्यले नया तरीकाले आगामी दिनमा कार्यक्रम संचालन गर्न लागेको रिड नेपाल डडेलधुराका कार्यक्रम अधिकृत डा. उत्तम आचार्यले सहभागीहरुलाइ बताय ।
पछिल्लो समय बास्तबिक किसान भन्दापनी बिचौलीया किसान बनेर प्रस्ताब पेस गर्ने ,चिने जानेका ब्यक्ती बाट योजना माग गर्ने, तर समुदायमा काम नदेखीने भएकोले ति गतिबिधीलाइ रोकी बास्तबिक किसान लाइ सहयोग गर्ने, पहुच नभएका साना साना किसान हरुलाइ प्रबद्र्धन गर्ने गरी कार्यक्रम संचालन गर्न लागीएको र १० ओटा ३ करोड भन्दा बढीका सेवा सम्पन्न् भबनहरु निर्माणाधिन रहेको कृषी बिज्ञ हिरन्य बहादुर सिंहले बताएका छन ।
सुदुरपश्चिमका कैलाली डोटी,डडेल्धुरा,बैतडी र दार्चुला जिल्लाका करीब १७ गाउपालिकामा रिड नेपालको कार्यक्रम संचालनमा रहेको र आगामी दिनमा अन्य जिल्लामा पनी बिस्तार गर्ने इन्जिनियर अबिनन्दन लिम्बुले जानकारी दिए ।
नेपाल सरकार कृषी तथा पशुपंछी बिकास मन्त्रालय ग्रामिण उधम तथा आर्थीक बिकास आयोजना आर्थीक करीडोर कार्यालय डडेल्धुरका डा. उत्तम आचार्यको अध्यक्षतामा सम्पन्न उक्त गोष्टीमा जोरायल गाउपालिका वार्ड न.ं २ का वार्ड अध्यक्ष बिर बहादुर दर्लामी, आलिताल गाउपालिका वार्ड न.ं ७ का वार्ड अध्यक्ष बिर बहादुर बोहराले रिडको कार्यक्रम प्रभाबकारी सुसान पारदर्सी किसान मुखी रहेकोले सफलताको शुभकामना समेत दिएकाछन
गोष्टीमा आलीताल गाउपालिका र जोरायल गाउपालिका अन्तरगतका जनप्रतिनिधी, किसान, उधमी,पशुसेवा कार्यलयका कार्यलय प्मुखहरु ,बिभिन्न कर्मचारी गरी करीब ४० जनाको सहभागीता रहेको थियो ।


