हरेक बर्ष बिधालयमा हुुदैआएको राष्टपति रनिङ सिल्ड प्रतियोगीता यसबर्षपनी डोटीको जोरायल गाउपालिका अन्तरगत वार्ड न.ं ४ को घण्टेश्वर माबिमा पनीा आज पौष २० गत्ते बाट सुरु गरीएकोछ ।
जोरायल गाउपालिकाको आयोजना तथा घण्टेश्वर माबि कुडीकोट जोरायलको ब्यबस्थापनमा तिन दिन सम्म संचालनहुने राष्टपती रनिङ सिल्ड प्रतियोगीता २०८० उद्धघाटन समारोहमा जोरायल गाउपालिका अन्तरगतका ११ ओटा बिधालय बाट करीब २५० भन्दा बढी बिधार्थीहरु सहभागी रहेकाछन ।
राष्टपति रनिङ सिल्डमा दौड ,हाइजम्प, लम्जम्प,ज्याब्लि‚ थ्रो, कबर्डी, रिलेदौड, भलिबल,गोजुरियो कराते लगाएत बिभिन्न प्रकारका खेलप्रतियोगीता रहेको जोरायल गाउपालिका खेलकुद समिती संयोजक पबन साहुले बतायकाछन ।
पाचौ राष्टपती रनिङ सिल्ड उद्धघाटन समारोहका प्रमुख अतिथी समेत रहेका जोरायल गाउपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले आफुपनी खेलप्रेमी भएकाले खेलकुदमा गाउपालिकाले लगानी लगाएको र खेदकुदका सामग्रीहरु केके आबस्यक छन गाउपालिका खरिद गर्न तयारछ तर बिधालयबाट माग आउनु पर्छ । खेदकुदमा सबैले स्वोच्छ प्रतिसप्रधा गर्नेहो सबै प्रथमहुन्छु भनेर खेलखेलिन्छ सबै प्रथम हुदैनन ,गाउपालिकाले वार्डमा ससर्त अनुदान दिएकोछ कुन वार्डमा कति बिधालयहरुछन बिधालयको अबस्था केछ वार्ड अध्यक्षहरुले हेर्नेहो त्यस्को जानकारी गाउपालिकामा दिनेहो गाउपालिकाले सहयोग गर्नुपर्ने कुरामा सहयोग गर्छ
जोरायल गाउपालिकामा संघ सरकारले समानीकरण लगायत बिभिन्न शिर्षकको बजेट कटौती गरेकोछ ,शैक्षिक क्षेत्र, खेलकुद क्ष्ोत्रमा बजेटको आबस्यकपर्छ पालिकाले दुइकरोड भन्दापनी बढी लगानी शैक्षीक क्षत्रमा लगाएकोछ तर अझै लगानी लगायको छैन भन्नु कति सम्महो मैले बुझेन ,बालबालिकालाइ राम्रो शिक्ष दिन शिक्षकले मात्रबिचार पुरयाउनेहोकी अबिभाबकले पनी जिम्मेबार बन्नेहो अबिभाबकहरुले किन बेबास्था गरेको रनिङ सिल्ड प्रतियोगीताकी बिशिष्ट अथिती तथा जोरायल गाउपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहराले गुनासो गरीन ।
वार्डमा राम्रोकाम गर्न खोज्दा खुट्टा तान्ने प्रबुद्धी हाबी भएकोले जनताको अपेक्ष अनुसार काम गन नसकिएको वार्ड न.ं २का वार्ड अध्यक्ष बिर बहादुर दर्लामीले बताएकाछन । वार्ड न.४ का वार्ड अध्यक्ष नन्दराज भट्टले राष्टपती रनिङ सिल्ड वार्ड न.ं ४मा भएकोले चिसो समयमा बालबालिकालाइ खान र बस्नकोलागी असुबिधा हुदैन कुनै समस्या आएमा वार्ड न.४ ब्यबस्था गर्न तयार रहेको बताए ।
रनिङ सिल्ड प्रतियोगीता उद्धघाटन समारोहमा बोल्ने क्रममा रगुनाथ माबीका प्रअ इन्द्र बहादुर मल्लले भने गाउपालिका आयोजक छ प्रतियोगितामा बालबालिका ल्यउनु पर्छ खान बस्न र यातायात समेत उपलब्ध गरायकोछैन बिधालयमा रकमछैन कसरी ब्यबस्थापन गर्ने शिक्षकलाइ बाध्यताछ शिक्षकको पीडा कस्लेबुझछ गुनासो गरे ।
रनिङ बसिल्डमा प्रतियोगीता उद्धघाटन समारोहमा शिक्षा ईकाइ प्रमुख तेज बहादुर खत्री, वार्ड न. ६ का वार्ड अध्यक्ष गणेश बोहराले आआफना धारण राखेका थिय ।
घण्टेश्वर माध्यमिक बिधालयय ब्यबस्थापन समितीका अध्यक्ष देब बहादुर कपडेलको अध्यक्षतामा वार्ड न. ३का वार्ड अध्यक्ष नबिन ओझा प्रमुख प्रसासकिय अधिकृत गणेश दत्त भट्ट, कार्यपालिका सदश्यहरु, खेल प्रशिक्षक हरु, शिक्षक बिधार्थी अबिभाबक हरुको सहभागीता रहेको थियो भने कार्यक्रम संचालक शिक्षक मिन बहादुर रोकायले गरेका थिाय ।


