के एन एच जर्मनी सरकारको आर्थीक सहयोग तथा सामुदायिक बिकास मंच सि डी एफ डोटीको प्राबिधीक सहयोगमा जोरायल गाउपालिकामा संचालित बालसंरक्षण तथा बालअधिाकार प्रबद्र्धन परियोजना २०२३मा भएगरेका बार्षीक अनुगमन तथा समिक्षा कार्यक्रम सम्पन्न गरीएकोछ ।
२०२३ का लागी संष्थाले बाल अधिकारको क्षेत्र ,छाउपडी,बालबिबाह, लैङ्गगीक हिंसा, अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा काम गर्ने लक्ष्य लिएकोमा कार्यक्रम प्रभाबकारी भएको निष्कर्स निकालेकोछ । अगामी बर्ष जोरायल गाउपालिका अन्तरगतका सम्पूर्ण बिधालयमा बालक्लब गठन गर्ने बालमैत्री भौतिक संरचना बनाउन लगनउे,बालबिबाह पूर्णरुपमा रोक्ने,बालमैत्री शौचालय बनाउन लगाउने,लगायतका कर्यक्रमहरु रहेको कार्यक्रम संयोजक गिरीराज पाठकले जानकारी दिएकाछन ।
बालबिबाह,छाउपडी मात्र नभै बिधालय छाड्ने बालबालिकाको संख्यापनी पछिल्लो समय निकै रहेको र लागुपर्दा दुर्बेसनिमापनी जोरायल गाउपालिकामा बालबालिकाहरु संलग्न रहने गरेको पाइएकोले बालबालिकासंग मात्र छलफल गरेर नहुने देखीएकोले आगामि बर्षदेखी अबिभाबक लाइ पनी साथमा राखेर पालिका र सष्थाले छलफल तथा अन्तरक्रिया र्नुपर्ने जोरायल गाउपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहराले बताइन ।
शिक्षा क्षेत्रलाइ राम्रो बनाए सबै क्षेत्र राम्रो् बन्ने भएकोले सबै जना मिलेर शिक्षामा जोडदिउ यदी समयमै समाजले शिक्षको माध्यम द्धारा चेतना जगाउने होइन भने समाजमा खराब कुरा मात्र बढीदेखीने समय आउछ जुन आजका बालबालिका कुलत तथा लागुपदार्थ दुर्बेशनीमा लागेको पाइन्छ यसको असर सिमीत रहेकोले अहिले नियन्त्रण गर्न सकिन्छ तर भयाबह भएमा नियन्त्रण गर्न गारो हुन्छ आजैदेखी एकजुटभएर लागौ शिक्ष शाखा प्रमुख तेज ब खत्रीले बताए ।
२०२३ को अनुगमन काय
जोरायल गाउपालिकाको मुटुको रुपमा रहेको रत्न आधारभूत बिधालयमा बिगत देखीनै बालबालिकालाइ जंङ्कपूmड कुनैपनी खाना नदीनै प्रयास गरीयको तर अबिभाबक बाट पैसा दिने बिधालयको खाजा नखाइदिने जंङ्कपूmडनै खाइदिने गरेको रत्न अधारभूत बिधालयका एक शिक्षकले गुनासो गरे ।
टिफीनको समयमा बालबालिका लाई बिधालयको हातबाहिर जान नदिनेहोभने लगाइएको पर्खाल पनी स्थानियले भत्काई दिए ,काडेतार पनी फालिदिए बिधालय परिसर गेट तोडेर भित्र प्रबेस गर्ने, मदिराका बोतल ,चुरोट बिडीका सामग्री फालिदीने बिधालय सार्बजनीक स्थल नभै ब्यक्तीको निजी जस्तो सोच्ने केही ब्यक्तीको रहेकोले बिधालयलाइ बिधालय जस्तो बनाउन नसकिएको प्र अ उमेश साउदले गुनासो गरे ।
अनुगमन तथा समिक्षा कार्यक्रममा जोरायल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त भट्ट शिक्षा शाखा प्रमुख तेज ब खत्री, महिला तथा बालबालिका शाखा प्रमुख तुलसी पाण्डेय,बाल अधिकार समिती सदश्य, बालक्लब अध्यक्ष लगातको सहभागीता रहेको थियो ।


