बैतडी:
सबैकि निक निकि बात, मेरी मात्रै हार
सर्वप्रथम सब्बै कन, मेरो नमस्कार ।।
आज हो भाई टिका तिहार, निकेरी मनाया
कोई भया हासि रे खुसी, कोई भौतै रमाया ।।
नै मुखि दसैँमी टिका, नै तिहार दुत्या
सबैका दिन हासि रे खुसी, मेरा इसाई बित्या ।।
नै त मेरी दिदी छन, नै त मेरी बैना
मुखि लेखा दुत्या दशै, कठै लाणी दैना ।।
घरका आगन भरी, मखमली फूलिगै
नै मेरी दिदी रे बैना, भावनी भूलिगै ।।
सबै लौन्ना मखमली माला, दिदीका हात की
नै पाया बैनाको साथ , नै माला हात की ।।
सब्ले लाया भाई टिका माला, बहिनीका हातले
दुत्यामी कति निको कठै ,बहिनीका जातले ।।
दसैँ बाईगै दुत्या बाईगै, कठै लाणी दैना
सबैकि खुसि रे हर्ष, मुखि लागि सैना ।।
बाहिर भित्र घाम लाग्याको, बान्नीका बेल ले
माला छैन बहिनीका हातकी , कर्मका खेल ले ।।
कति निको दुत्याको पर्व, भदौका गमरा
नै मुखि तिहार की माला, दसैँका जमरा ।।
बहिनी हुन्या दाजुभाइ खुसि, देशै तिहारकी
बैना लौन्नी शिरमा टिका,टल्काई निधारमी ।।
नै त मेरी दिदी बहिनी, बिरानो होइगयु
सबै लौन्ना फूलकी माला, मु भन्या रोईगयु ।।
धुरू धुरू रून्छु कठै, डाको लै छाडेर
मेरा दाई भाई रूना कठै, हात खुट्टा ताडेर ।।
दुत्या औनि दशै औनी, मेरो निधार खाली
निधारमी टिका छैन, कर्म रै छ जाली ।।
सबैका दाजुभाइ खुसि, मुईत भयु दुखि
मुइजसा औरलै छनकि, मूई एक्लै हु कि ।।
कात्तिक दुत्याका मैन,फूलिगया हजारी
आब मु रूनैन कठै, मन थाम्छु जसरी ।।
मूईजसा दाजु भाइ हुन्ना, तम लगै रमाया
घरमी सुख रे शान्ति, खुसि लै जमाया ।।
२१ वर्ष यत्तिकै बित्या, नै दिदी नै बैना
दिदी हुन्या माला लौन्ना, उपरी लै मैना ।।
निकि होईझौ दुत्या त्यार, पूरा हौन चाहना
मेरा त यत्तिकै भयो, सबलाई शुभकामना ।।
राजेन्द्र सिह साउद
सिगास गाउँपालिका बैतडी


