महिला अधिकार मन्च गैरा डोटीको आयोजनामा संचालित तिज प्रतियोगीता २०८१बिभिध कार्यक्रमका बिच जोरायल गाउपालिका वार्ड न.ं१ गौरीशंकर माबिको खैलमैदान गैरा डोटीमा सम्पन्न गरीएकोछ ।
जोरायल गाउपालिका डोटी तथा सिएलसिको आर्थीक सहयोगमा संचालित तिज प्रतियोगीतामा वार्ड न.ं १ अन्तरगतका १० ओठा महिला समुहले भाग लिएका थिय ।
महिला अधिकार मन्चकी अध्यक्ष अम्बिका राइको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिती डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले महिला माथी हुने हरेकहींसाहरुलाइ कानुनमा उल्यख गरेर मात्र नहुने बिभिन्न सन्देश मार्फथ प्रसार प्रसार गनुृपर्ने, तिज परमपरागत रुपमा लैजानुपर्ने,देखासिकी नगर्ने, भटकीलो रुपमा नगर्न आग्रह समेत गर्नुभएकोछ ।
मैले डोटी जिल्लामा बसेर कामगर्नलागेको १४महिना बित्नै लाग्दा महिलाहरु छाउपडी बाट पिडीत भएको पाएकोछु साथै बिस बर्ष नपुग्दै बालबिबाह गर्नेको सख्यामा बृद्धी भएकोले सबैजनाले कमगर्न लाग्नुपर्ने र बालबालिका लागुऔषध दुर्बेसनमा लागेकाले बिषेस गरेर अभिभाबक गाउसमाजले अन्त्य गर्न लागनु पर्ने प्रमुख जिला अधिकारी अर्यालले बताए ।
जोरायल गाउपालिका अन्तरगतका बिभिन्न स्थानमा बजार अनुगमनका क्रममा पसलेहरुले अखाद्धे बस्तु डेट समाप्त भएका चिजहरु र करछली गरेर भारत बाट चोरीपैठारी गरेर बिक्रीबितरण गरेको पाईएकोले त्यस्ता बस्तुहरु जफत गरेर नष्ट गरीने पहिलो पटक भएकोले सुझाब दिईएको दोश्रो पटक पुनः फेलापरेमा कार्बाही गरीने समेत अधीकारी अर्यालले जानकारी दिएकाछन ।
महलिामाथी हुने कुनैपनी हींसा अन्तयकालागी जोरायल गाउपालिका निरन्तर रुपमा लागेको र तिजमा नाचने गाउने र बजाउने रमाइलो गर्ने मात्र नभै सन्देह हरु छर्न गाउघरमा महिलामाथी हुने हिंसा बाहिर ल्यउन त्यसको निराकरण गर्नकालागी सबै महिला दिदिबहिनीहरु एकजुट हुनुपर्ने सबै दिदिबहीनीहरुकालागी जोरायल गाउपालिकाले सहयोग गरेकोछ अझै महिला दिदिबहीनीकालागी केगर्नु पर्छ म तपाइहरुकै छोरी बहिनीहु भन्ुनस सहयोग गर्न तयारछु कार्यक्रमकी बिशिष्ट अथीती समेत रहेकी जोरायल गाउपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहराले बताइन ।
मन्तब्य दिनेक्रम्मा आलिताल गाउपालिका वार्ड न.ं १ का वार्ड अध्यक्ष योगेन्द्र बहादुर देउवा समज सेबी भिम बहादुर मल्ल, शोभान सिं ओली बि ब्य स अध्यक्ष कलक बोहरा लगायत अन्य सहभागीले आआफना धारणहरु राखेका थिय भने कार्यक्रममा जोरायल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त भट्ट शिक्षक बुद्धीजिबी समाजसेबी महिला बिधार्थीहरुको सहभागी रहेको थियो भने कार्यक्रम संचालक सिएलसिकी सहज कर्ता गिता महताले गरेकी थिइन भने तिज प्रतियोगीतामा सहभागीहरुलाइ नगत पुरुषकार र प्रमाण पत्र बितरण समेत गरीएको थियो ।

