शान्ती सुरक्षा र सुशासन , जनमैत्री प्रहरी प्रशासन ’’ भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यलय डोटीको आयोजनामा संचालित लागु औषध बिरुद्धको महाअभियान जोरायल गाउ“पालिका वार्ड न.ं२को बुडरमा एक कार्यक्रमका बिच आज सम्पन्न गरीएकोछ ।
पछिल्लो समय सुदुरपश्चिममा लागु औषध दुर्बेसनीका कारण बिभिन्न घट्नाहरु निम्तीन थालेपछी नेपाल प्रहरी ससत्र प्रहरी राष्टी«य अनुसन्धान कडाइकासाथ लागेकोछ केही नियन्त्रणपनी भएको छ तर निमुर्ल गर्नका निमित्त प्रत्यक ब्यक्ती प्रहरी बनेर नियन्त्रण गर्न लाग्नु पर्ने साथै मेरो मान्छे हो भनी बचाउन तर्फ लागेमा परीवारको एउटा सदश्यत गुम्छ समाजपनी दुर्बेसनीको सिकार बन्ने भएकोले सबैजनाले यस अभियानमा लाग्नु पर्ने जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरिक्षक बिष्णुहरी कोइरालाले सहभागीहरुलाइ बताय ।
लागुऔषध दुर्बेसनी सेबन कर्ता सबैभन्दा बढीे २०बर्ष मुनीका बालबालिका रहेकाले नेपाल प्रहरीले मात्र केही गर्न सक्दैन त्यस्का निमित्त स्थानियतह ,राजनितीक कर्मी , सरोकार वाला निकाय र बिषेस गरेर बिधालयका शिक्षकहरुलेपनी अबिभाबक बालबालिका बिच यसबिषयमा अन्तरकृया र छलफल गर्नुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएकाछन ।
अर्यालले भनेकाछन लागुऔषध प्रयोग गर्ने ब्यक्ती, ओसारपसार गर्ने तथा अपराधिक गतीबधीमा उत्प्रेणा गर्ने कुनैपनि ब्यक्तीलाई लुकाउनु नभन्नु समाज समाप्त पर्नुहो यदी त्यस्ता गतिबिधीमा लागेका कुनै ब्यक्ती छनभने नेपाल प्रहरी वा मलाई सिधै फोन गर्नुहोस तपाइको नाम गोप्य हुन्छ हामी भन्दैनौ ढुक्कहुनुहोस फोनगर्न कुनै अफठयारो मान्नु प्रर्दैन यदी भन्न अफठयारो मान्नु भयो लुकाउन थाल्नुभयोभने तपाइ हाम्रो समाज बिग्रन्छ हाम्रो परिवारको सदश्य गुमाउदैछौ भन्ने कुरामा ढुक्क हुनुहोस । डोटीको बुडर लागुऔषधको केन्द्र बिन्दु भएकोछ बुडर ईलाका प्रहरी कार्यलयमा इन्सपेक्टर दरबन्धीकालागी सिफारी गरीएकोले सबैजनाले प्रहरीलाइ सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभएकोछ ।
कार्यक्रममा जनप्रतिनिधी राजनितीक कर्मी शिक्षक समाजसेबी बुद्धीजिबी ब्यापारी लगायतको सहभागीता रहेको थियो ।


