डोटीको जोरायल गाउँपालिका २ बुडरमा रहेको सब डिभिजन वन कार्यालयका प्रमूख सहायक वन अधिकृत भक्तराज गिरी नगद रु। ५ हजार घुस सहित पक्राउ परेका छन् ।
निजी आवादी जमीनबाट संकलित दाउराको छुट पुर्जी बनाउँदा स्थानीय व्यवसायी गणेश भण्डारीबाट पाँच हजार रकम लिंदै गर्दा स्थानीयबासिन्दाले उनलाई रङ्गेहात नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुडरको जिम्मा लगाएका हुन् ।
दाउरा व्यवसायी भण्डारीका अनुसार स्थानीय जयानन्द ओझाको लालपूर्जा भएको जमीनबाट कानुनी प्रक्रिया पूरा गरी संकलित दाउराको निकासीका लागि पटक पटक छुटपुर्जी माग गर्दा दाउराको प्रति के।जी।का हिसाबले रकम माग गरेपछि रु। १० हजार यस अगावै लिइसकेको बताए । त्यति गर्दा पनि सबै कर्मचारीलाई मिलाउनुपर्छ भन्दै फेरी रकम माग गरेपछि आज रु। ५ हजार लिने क्रममा स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएक छन । ईलाका प्रहरी कार्यलय बुडर बाट खटी गएको टोलीले घटना स्थल सार्बजनिक मुचुल्का तयार गर्दा गणेश भण्डारी बाट नगद लगेका एक हजारका ५ ओटा नम्बर सहितका नोट र अस्ती दिएका भनिएका दस हजारका १० ओटा गरी जम्मा रु १५ हजार रमक अधिकृत गिरी सुत्ने सिरानी बाट बरामत गरीएको प्रहरी स्रोत बाट खुलेकोछ भने रकम लिएको आम जनमानसका बिचमा स्वीकार पनी गरेकाछन । रकम लिदा कुराकानी भएको अडीयो समेत बाहिर आएको छ ।


