अषाढ महिना लागे संगै सरकारी काम धमाधम चलि रहेको जताकतै नियमीत जस्तै देख्न पाइन्छ हिजो आज । नेपालमा जुनसुकै सरकार आएपनी परिबर्तन भने हुन सकेको छैन यस्तो काम लामो समय देखी चल्दै आएकोछ । १०महिना सम्म सुतेर बस्ने अषाढ लागेपछी सपना बाट बिउझेझै गरी काम थालनी गर्ने प्रबृतीले निरनतरता भने पक्कै पनी पाएकोछ । दुइ महिनामा अरबौ बजेट बराबरको काम सम्पन्न हुन्छ वा हुन सक्दैन कत्तीको गुणस्तरीय काम होला त्यो सबैले महसुस गर्ने बिषय बस्तु हो ।
यस्तै एउटा काम डोटीको जोरायल गाउपालिका वार्ड न.ं२को बुडर बजार नजिकै भिमदत्त राजमार्ग अस्थाई ट्राफिक प्रहरी पोष्ट नजिकै रहेको निर्माणाधिन सडकको वाल जो कोहीले पनी देख्न सकिन्छ । संघिए सरकार र प्रदेश सरकार बाट बिनीयोजित ६ करोड बराबरको रकम बाट निर्माण हुन लागेको उक्त वाल कुलपाते सडक डिभिजन कार्यलयले दिएको इष्टमेट ,अनुगमन अनुसार पबडा कन्ट्रक्सन प्रालीले ठेक्का लिएको भएपनी काम भने गुणस्तर हिन भएको प्रस्ट रुपमा जो कोहीले पनी देख्न सकिन्छ । हुनत यस सडकमा सर्ब साधारण देखी मन्त्री सम्म यसै सडक बाट आवत जावत गर्छन तर कसैको नजर भने गएन ।
यसै वालमा नजर पर्छ एक सर्ब साधारण ब्यक्ती जुन जोरायल गाउपालिका वार्ड न.ं २ मा बस्ने ब्यबसायी रतन बिष्टको , रतन बिष्टले पबडा निर्माण कम्पनीका काम संचालक लाइ वालको बारेमा सोधछनकी योकाम के भएकोको हो किन गुणस्तर हिन अन्तत के के छ हामीलाइ थाहै छैन तर हजारौ गाडीले यहिनिर इन्ट्री गर्छन गाडी रोक्छन हाम्रो आखानिर कीन गलत गर्नुहुन्छ । तर काम संचालकले जबाफ दिन्छन तपाइ कोहो कामको बारेमा सोध्ने तपाइलाइ किन चाहियो , तपाइ कती पढ्नु भएकोहो भन्ने जबाफ दिन्छन र बिष्टले अन्य मानिस समबन्धित निकाए सरोकार वाला लाइ समेत खबर गरेको तर सुनवाइ नभएको गुनासो गरेकाछन ।
जब सम्म सम्बन्धित निकाए सरोकारवाला आएर वालको जाच बुझ गर्देनन तब सम्म काम रोकने सुनवाइ नभएमा जनता द्धारा वाल भत्काउने तोडफोड गर्ने र बिधुतको ११ के. भि. लाइनको पोल पनी पटक पटक बिधुत कार्यलय लाइ सार्ने भनेकाहौ तर सुनवाइ भएको छैन जनताको कर बाट उठाइएको रकम बाट तलब खाएर जनताको काम नगर्ने , ठेकेदार र कर्मचारी मोटाउने जनताको आखामा छारो हाल्ने गरेकोले जनतालाइ ठग्ने गुण्स्त हिन काम गर्ने बिरुद्धमा कडा रुपमा प्रस्तुतहुने रतन बिष्टको माग रहेकोछ ।
यसै सम्बन्धमा कुलपातेका सब इन्जिनियरले भने हमीले सडकको भित्ता काटेका होइनौ त्योत जोरायल गाउपालिका वार्ड न.ं२ले काटेको हो त्यस ठाउमा ईलका प्रहरी कार्यलय, वार्ड कार्यलय र बिभिन्न सरकारी कार्यलय बनेकाले ति संरचना भत्कन बाट रोक्न पबडा कम्पनी लाइ निर्माण गर्न लगाएकाहौ अषाढ महिना छ यतीखेर हामी बेस्त हुन्छौ कुलपातेमा सडक डिभिजनमा ३ जना इन्जिनियर छौ हजारौ योजना हेर्नुपर्छ ठेकेदार हरु संग बसेर सबै योजना निर्माण गर्न सकिदैन सबै भन्दा ठुलो बिश्वास हो कसै ठेकेदारले बिश्वास घात गर्छ भने त्यस्को भागेदार स्वोयम ठेकेदार हुन्छ घाटा उसैलाइ हो यस्तो गुणस्तर हिन काम भयो भनेर हामीलाइ कसैलेपनी भन्दैनन हामीलाइ जानकारी भयो हामी त्यस ठाउमा पुग्छौ हेर्छौ ठेकेदारले गुणस्तर हिन काम गरेकोछ भने हामी पुनः निर्माण गर्न लगाउछौं बिल पनी रोक्छौ काम अहिले सम्पन्न हुदैन ।


