द फ्रिडम फाण्ड र एक्शनएड नेपालको आर्थीक सहयोग तथा इडिसी नेपाल,आर डी एन , के एम जेएसको संयोजनमा सेफ गाडे्र्रन कार्यसाला गोष्टी डोटीको जोरायल गाउपालिका अन्तरगत बुडर पिपल चौतारी गेष्ट हाउसमा आजबाट सुरु गरीएकोछ ।
तिन दिन सम्म संचालन गरीने कार्यसाला गोष्टीमा बर्दीया कैलाली र डोटी जिल्लाका बिभिन्न संघ सष्थामा आबद्ध कर्मचारी बोर्ड सदश्य हरु,तालिम संयोजक गरी करीब २४जना सहभागी हरु रहेकाछन ।
तिन दिन सम्म संचालन गरीने कार्यसाला गोष्टीमा संष्था सुरक्षित कसरी गर्ने,संष्थामा काम गर्ने कर्मचारीहरु कसरी सुरक्षित रहने,गन्तब्यमा सुरक्षित कसरी पुग्ने, कार्यक्रम संचालन गर्दा ध्यान दिनुपर्ने बिषय बस्तुहरु,सुरक्षा निती,जोखीम न्युनिकरण लगायतका बिषयमा रहेर गोष्टी संचालन गरीने समबिकास केन्द्र डोटीका संष्थापक सदश्य तथा तालिम संयोजक केशब परियारले बतायकाछन ।
पछिल्लो समय हाम्रो समाजमा महिला, बालबालीका,जेष्ट नागरिक,असक्त असहाय,पछाडी पारिएका बर्ग हरु दलीत समुदाय,जनजाती,मधेसी,मुस्लीम हलीया खलीया माथी अन्या अत्याचार,दमन, थिचोमीचो,बलात्कार, यौनजन्य अपराधिक घटना घट्न थालेकाले त्यस्ता घट्ना रोक्न सचेत सुरक्षित रहन,सुरक्षित राख्नुपर्ने समुदायमा कस्लाइ हो भन्ने बारेमा पहिलो पटक संष्थामा आबद्ध कर्मचारी सदश्य हरुलाइ यस्तो प्रकारको गोष्टीको आयोजना गरीन लागीएको इडीसी नेपालका कार्यक्रम संयोजक नरेन्द्र बिकले सहभागी हरुलाइ बताय ।
यही अषाढ १७ गत्ते देखी १९ गत्ते सम्म संचालन हुने गोष्ठीमा आर डी एनका अध्यक्ष मोहन ओड,कस्तुरी चौधरी,ईडीसी डोटीका उपाध्यक्ष लक्ष्मी गहतराज कर्मचारी पदाधीकारी हरु,के एम जे एसका ब्यक्तीहरुको सहभागीता रहेकोछ भने सहजीकरण चन्द्रीका खतीओडाले गर्नुहुनेछ ।


