सुदुरपश्चिम प्रदेश प्रहरी नायब महा निरिक्षक भरत बहादुर बोहराले जोरायल गाउपालिका अन्तरगत वार्ड न.ं २मा रहेको ईलाका प्रहरी कार्यल बुडर डोटीको नयानिर्मीत भबन एक कार्यक्रमका बिच उध्घाटन गरेका छन ।
नया निर्मीत भबनको उध्घाटन गर्दै सुदुर पशिचम प्रर्देश प्रहरी निरिक्षक बोहराले भने पछिल्लो समय युवा पिडी लागु औषध सेबनमा बढी लागेकाले प्रहरीले त्यस्ता लागु औषध सेबन नियन्त्रणमा लाग्नु पर्ने,जनात संग मिलेर जानुपर्ने , प्रहरी साझेदारी जस्ता कार्यक्रमहरु गाउ गाउमा लैजानु पर्ने , बिभिन्न बिधालयमा गएर बाल बालिकाहरु संग छलफल गर्नु पर्ने जस्ता कुरामा जोड दिएकाछन ।
बोहराले उध्घाटन कार्यक्रममा जोड दिदै भने सुदुरपश्चिम लगायत बिभिन्न ठाउहरुमा लागु औषध दुर्बेसनिका घट्नाहरु बढी भएकाले यस्ता गतीबिधी हरुलाइ नियन्त्रण गर्न आजै देखी हामी लाग्नु पर्छ यदी हमी आजैदेखी लागेनौभने भोली त्यस्ता गतिबिधी गर्नेको संख्या बृद्धी हुदै जान्छ हामी नियन्त्रण गर्न सक्दैनौ , लागु औषध सेबन गर्नेको अन्तीम बिकल्प भनेको आत्म हत्या हो आत्म हत्या गर्नमा त्यस्ता ब्यक्तीहरु केहीपनी मान्दैनन आत्म हत्या गर्नेको संख्या बृद्धी हुन जान्छ यो नियन्त्रण गर्न जनताको साथ चाहिन्छ , प्रहरी देखी डराउनु पर्देन जो गलतछ त्यो भाग्नु पर्छ र गुण्डा गर्दी गर्ने जो कोहीलाइ पनी प्रहरीले छोड्दैन बुडर प्रहरी पनी यस प्रती लाग्छ , समाज लाइ खलल पार्ने गती बिधी ,गुण्डा गर्दी गर्ने जो कोहीलाइ पनी नछोड्नुस प्रहरी लाइ खबर गर्नुस प्रहरी तपाईहरुको साथमाछ , मानब बेच बिखनका घट्ना पनी घटी रहेकाछन यस्ता गती बिधी रोक्न सुदुर पश्चिम प्रर्देह प्रहरी लागी परेकोछ हामी नियन्त्रण गर्छौ म लागी परेको अझै मलाइ जनताको साथ चाहिएकोछ ।
उध्घाटन कार्यक्रामा जोरायल गाउपालिका वार्ड न.ं२का वार्ड अध्यक्ष बिर बहादुर दर्लामीले भने प्रहरी हाम्रो साथीहो प्रहरीले अपराध गर्ने ब्यक्तीलाइ कार्बाही गर्छ , बुडर एउटा सम्बेदनसिल क्षेत्र भएकोले यस क्षेत्रको शुरक्षा कसरी ब्यबस्थीत पार्न सकिन्छ भन्ने कुरामा ध्यान दिन र स्थानिय तह बाट गर्न सक्ने सहयोगका लागी हामी तथार छौं ।
२०७८ सालमा इन्द्र धनुस निर्माण सेवा अछामले २करोड ४५ लाखमा ठेक्का लिएको तिन तले भबनमा अफिस ,ब्यारेक ,थुनुवा कोठा,महिला प्रहरी ब्यारेक, भान्सा ,खानेपानी टंकी शौचालय समेत निर्माण गर्न डेढ् बर्षको समय अबधीमा सम्पन्न गरेको हो ।
पहाडी नौ जिल्लाको मुटुको रुपमा रहेको बुडर क्षेत्रमा जिर्ण भबनमा बसेर काम गर्दै आएका प्रहरीहरु सुबिधा सम्पन्न भबन बनेपछी काम गर्नलाइ सजिलो हुने र जनताको सेवा गर्नमा सरल्ता आउने बिश्वास समेत लिएकाछन ।
उध्घाटन कार्यक्रममा सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यलय अत्तरीयाका प्रहरी उपरिक्षक नेत्र मणी गिरी, जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला ,प्रहरी तालिम केन्द्र बुडरका प्रहरी निरिक्षक रण बहादुर चन्द, इलाका प्रहरी कार्यलय बि पी नगरका प्रहरी निरिक्षक लोकेन्द्र गुरु, बिभिन्न राजनितीक पार्टीका प्रमुख तथा प्रतिनिधी समाज सेबी बुद्धीजिबी ब्यापारी हरुको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन कार्यक्रम संचालन जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कान्ती राज जोशीले गर्नु भएको थियो ।


