रामपुर नमुना माध्यमिक बिधालय बुडर डोटीले आयोजना गरेको अबिभाबक भेला बाट ४ सदश्य नया बिधलय ब्यबस्थापन समिती गठन गरेकोछ ।
रामपुर नमुना माध्यमिक बिधालय बुडर डोटीको सभाहलमा आयोजना गरीयको अबिभाबक भेला बाट ४ सदश्य नया ब्यबस्थापन समिती गठन गरीएकोहो
नया ब्यबस्थापन समितीमा सदस्य हरु अबिभाबक मध्य बाट भक्त बहादुर थापा,बिरगन्ज बिक ,र महिला सदश्यमा फुरा राइ ,र राधा बिक सर्ब सहमत बाट चयन भएका छन भने शिक्षक अबिभाबक संघमा मुकुन्द पन्त ,खेम राज भट्ट बिर बहादुर चन्द ,अर्जुन सिं महरा ,लगायत सात सदश्य नया समिती गटन भएकोहो ।
बिध्यालय ब्यबस्थापन समितीमा ९ सदश्य हुने प्राप्धान भएपनी अबिभाबक भेला बाट महिला २ जना र पुरुष २ जना गरी ४ जना चयन गर्नुपर्ने र बाकी, सदश्य हरु बिध्यालयमा योगदान गर्ने ब्यक्ती मध्य बाट महिला पुरुष १÷१ जना मनोनयन गर्ने र स्थानिय सरकार सम्बन्धिीत वार्ड अध्यक्ष पदेन सदश्य रहने ब्यबस्था भएकोले मनोनयन भयपश्चात समितीले पुर्णता पाउने साखा प्रमुख तेज खत्रीले सहभागी अबिभाबक हरुलाइ जनाकारी गरायका हुन ।
बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष नन्दलाल बिकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जोरायल गाउपालिका वार्ड न २ का वार्ड अध्यक्ष बिर बहादुर दर्लामी शिक्षा इकाइ प्रमुख तेज खत्री बिभिन्न राजनितीक पार्टीका प्रमुख लगायत करीब २००जना अबिभाबक हरुको सहभागीता रहेको थियो ।
रामपुर नमुना माध्यमिक बिधालय बुडरमा भौतिक संरचनाहरु प्रयाप्त मात्रामा भै सकेकोले आगामाी दिनमा अन्य बिधालयको तुलनामा शैक्षीक गुणस्तरमा सुधार ल्याउनु पर्ने ,बससंचालन गर्नुपर्ने र बिधालयमा प्राबिधीक धार यथासिघ्र संचालन गर्नु पर्ने कुरामा अबिभाबक हरुको माग रहेको थियो ।


