बैतडी:
निकै रोचक प्रतिस्पर्धा रहेको बैतडी प्रदेश सभा क्षेत्र नं. (क) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन् । धारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा हुमिएका स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतले पछि पार्दै पाल विजयी भएका हुन् ।
विजयी पालले १२ हजार ८३१ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ११ हजार १८ मत प्राप्त गरे ।
नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १० हजार ९५३ मत प्राप्त गरे । यो क्षेत्रमा ४० हजार १५५ मत खसेको थियो ।

