ADVERTISEMENT
Monday, October 27, 2025
  • Login
Radio Jorayal FM:: Online News Portal
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
  • होम
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • राजनैतिक
  • रचना
  • खेलकुद
  • साहित्य
  • सूचना प्रविधि
  • स्वास्थ्य
  • Listen Live
No Result
View All Result
Radio Jorayal FM:: Online News Portal
No Result
View All Result

डडेल्धुरामा शेर बहादुर देउवा सातौं पटक निर्वाचित

Ghanteshwar FM by Ghanteshwar FM
in समाचार, स्थानीय समाचार
0
SHARES
Share on FacebookShare on Twitter

डडेल्धुरा:


डडेलधुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।

कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे । अर्का उम्मेदवार नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए ।

देउवा २००३ साल जेठ ३१ गते डडेल्धुराको असिग्राम गाविस—५ मटेला, रुवाखोलामा जन्मिएका हुन् । २०१७ सालदेखि राजनीतिमा लागेका देउवा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्ष समेत हुनुहुन्छ । २०४८ सालको आमचुनावमा देउवा डडेल्धुराबाट विजयी भएका थिए । । देउवाले २०५१ र २०५६ सालको संसदीय चुनाव, २०६४ र २०७० सालको संविधानसभा चुनाव तथा २०७४ सालको संसदीय चुनावमा डडेल्धुराबाट जितेका थिए ।

पार्टीभित्रको अन्तरसंघर्ष चर्किएपछि देउवाले २०५९ सालमा कांग्रेस पार्टी फुटाएर नेपाली नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे र त्यसको सभापति समेत भए । २०६४ सालमा फेरि कांग्रेस एक भयो । पार्टी एक भएपछि कांग्रेसको नेतृत्वको आकांक्षी रहे पनि उनी सुशील कोइरालासँग पराजित भए । २०७२ फागुनमा भने रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको सभापति बने । २०७८ सालमा भएको कांग्रेसको १४ महाधिवेशनबाट शेखर कोइरालालाई हराएर उहाँ फेरि कांग्रेसको सभापति बनेका हुन ।

देउवा ५ पटक प्रधानमन्त्री भइसकेका छन् । २०५२ साल भदौ २६ गते देउवा राप्रपा लगायत दलसँगको सहकार्यमा पहिलोपटक प्रधानमन्त्रीका रुपमा डेब्यु गरे । २०५३ साल फागुन २६ गते प्रधानमन्त्रीबाट हटेका देउवा २०५८ साल साउन ७ गते दोश्रो पटक प्रधानमन्त्री बने । तेस्रोपटक ०६१ साल जेठ २१ गते उनी प्रधानमन्त्री बने ।

यस्तै २०७४ सालको जेठ २३ गते माओवादीको समर्थनमा देउवा चौथोपटक प्रधानमन्त्री भए । २०७८ जेठ ७ मा केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलले प्रतिनिधि सभा बिघटनका लागि सिफारिस गरेपछि १ सय ४९ सांसदले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनेर सर्वोच्च अदालतमा रिट दायर गरे । त्यसपछि सर्वोच्चको परमादेशअनुसार २०७८ असार २९ गते देउवा पाँचौं पटक प्रधानमन्त्री बनेका हुन् । राजनीतिमा सफल मानिएका देउवालाई ज्योतिषले सात पटक प्रधानमन्त्री बन्ने भनेको कुरा खुब चर्चामा आउने गरेको छ ।

Tags: डडेलधुराप्रतिनिधि सभा सदस्य निर्वाचनशेर बहादुर देउवा
Previous Post

काठमाडौँ क्षेत्र नं १० को प्रदेश १ मा कांग्रेसका पुकार महर्जन विजयी

Next Post

अछाम १ मा झपट बोहरा पराजित, समाजवादीका कुँवर विजयी

Ghanteshwar FM

Ghanteshwar FM

डोटीको बुडरमा रहेको सामुदायिक रेडियो घण्टेश्वर एफएम 106.8 मेगाहर्ज यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।।

Next Post

अछाम १ मा झपट बोहरा पराजित, समाजवादीका कुँवर विजयी

कञ्चनपुर १ मा विना मगर दोस्रो स्थानमा

कञ्चनपुर १ मा विना मगर दोस्रो स्थानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Listen Us Live

Recent Posts

  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा कार्यक्रम बुडरमा समपन्न ।
  • तिज प्रतियोगीत २०८१ सम्पन्न ।
  • वार्ड न.ं २ ले ग¥यो सार्बजनीक सुनुवाई ।
  • एस. ईई २०८० को नतिजाले ल्यायो तरङ्ग ।

Recent Comments

No comments to show.

Follow Us

    Go to the Customizer > JNews : Social, Like & View > Instagram Feed Setting, to connect your Instagram account.
Facebook Twitter

Archives

  • September 2024
  • July 2024
  • June 2024
  • January 2024
  • December 2023
  • November 2023
  • September 2023
  • July 2023
  • June 2023
  • May 2023
  • April 2023
  • March 2023
  • February 2023
  • January 2023
  • November 2022
  • October 2022
  • March 2022

Categories

  • अन्तराष्ट्रिय समाचार
  • खेलकुद
  • मनोरञ्जन
  • रचना
  • राजनैतिक
  • राष्ट्रिय समाचार
  • समाचार
  • साहित्य
  • सूचना प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य

© 2022 Community Radio Ghanteshwor FM

No Result
View All Result
  • #2 (no title)
  • Home 2
  • Home 4
  • Listen Live

© 2022 Community Radio Ghanteshwor FM

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In