बुडर: डडेल्धुरामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बिहीवार राति जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं ५ को दाडिममा जिप दुर्घटना भएको थियो।
से १ ज २३४ नम्बरको जिप दुर्घटना भएपछि चालकसहित तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। प्रहरीका अनुसार घाईते हुनेमा चालक चक्र बिष्ट, किशोर बिष्ट र दिपक बिष्ट रहेका छन।
उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


