संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरूको पदस्थापन तथा नियुक्ति गरेको छ । मन्त्रालयको सचिवस्तरीय निर्णय गर्दै अतिरिक्त समूहमा रहेका लोक सेवा आयोगबाट बढुवा सिफारिस भएका ३० जना प्रशासन समूहतर्फका कर्मचारीहरुको पदस्थापन गरेको हो ।
२० जना प्रदेशस्थित मन्त्रालयमा पठाइएको छ भने ६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ । यस्तै ४ जनालाई जिल्ला समन्वय समितिमा पठाइएको छ ।


